खाेज्नुहाेस

लालपुरको कल्प पाठशालाले साउनदेखी कर्मचारी सुरक्षा कोष लागु गर्दै

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ६ लालपुरमा रहेको कल्प पाठशालाले विद्यालय कर्मचारीहरुका लागि कर्मचारी सुरक्षा कोष लागु गर्ने भएको छ । विद्यालयले आउदो साउन १ गतेदेखी लागु हुने गरी उक्त कोष सञ्चालन गर्ने भएको हो ।

विद्यालयमा काम गर्ने शिक्षक÷शिक्षिकाहरुका साथै अन्य कर्मचारीहरुलाई पनि सो कोषमा आवद्ध गराईने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश जिमि साउँदले बताए । उनले सो कार्यले विद्यालय कर्मचारीहरुलाई केही हदसम्म भएपनि भविष्य सुनिश्चित भएको आभास हुने बताए ।

attariya hospital
navjiwan hospital

उनका अनुसार विद्यालय कर्मचारीहरुलाई कामप्रति उत्प्ररित बनाउनका लागि पनि सो कोषले महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । ‘दुखी बिरामी हुँदा वा लामो समय सेवा गरी घर जानुपर्दा विद्यालय कर्मचारीहरुले केही रकम पाउनेछन, जुन कोषमा जम्मा भएको हुनेछ’ उनले भने ‘विद्यालयले कर्मचारीहरुलाई कोसेलीका रुपमा सो कोषमा भएको रकम दिएर पठाउनेछ, जसले गर्दा थोरै भएपनि कर्मचारीहरुलाई राहत महसुस हुनेछ ।’

उनले सो कार्य गोदावरी नगरक्षेत्रमै पहिलो पटक निजि क्षेत्रका विद्यालय मध्ये कल्प पाठशालाले सुरुवात गरेको बताए । सो कार्यले विद्यालयको शैक्षिक गुणस्तरमा पनि सुधार आउने विश्वास लिएको उनले बताए । उनले सो कार्य सबै निजि विद्यालयहरुमा लागु गर्न जरुरी रहेको समेत बताए ।

‘निजि क्षेत्रका विद्यालयका कर्मचारीहरुको मासिक तलब उनिहरुको खर्चमै जान्छ, लामो समय सम्म सेवा गरेर पनि उनिहरुले अन्त्यमा रित्तो हात नै फर्किनुपर्ने हुन्छ’ उनले भने ‘यो कोषले लामो समयसम्म सेवा गर्ने विद्यालय कर्मचारीले घर जाँदा केही थप सेवासुविधा दिनेछ ।’