खाेज्नुहाेस

बाजुराको बुढीगंगा नगरपालिकामा समृद्धिका लागि कचहरी कार्यक्रम सञ्चालन

Image

बाजुरा– बाजुरको बुढीगंगा नगरपालिकामा समृद्धिका लागि विकास कचहरी कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिकाले शनिबारदेखि उक्त कचहरी कार्यक्रम सञ्चालन गरेको हो ।

सुखी र समृद्ध नगरपालिका बनाउने उद्देश्यका साथ सञ्चालित सो कार्यक्रम सोमबार सम्म सञ्चालन हुने बताईएको छ । स्वास्थ्य शिक्षा, कृषि, पर्यटन र पूर्वाधार सुरक्षित समृद्ध बुढीगंगा विकासको आधार भन्ने मुल नाराका साथ सञ्चालन भएको सो कार्यक्रममा बुढिगंगा र समग्र बाजुराको विकासका सन्दर्भमा जिल्लामा क्रियाशील सबै राजनीतिक दल एक ठाउँमा ल्याउने बुढिगंगा नगरको प्रयास सफल भएको छ ।

attariya hospital
navjiwan hospital

बुढिगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँको अध्यक्षतामा शुभारम्भ गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख देवराज जोशी, एमाले पोलिटब्युरो सदस्य एवम् पूर्व मन्त्री कर्ण बहादुर थापा लगायत जिल्लामा क्रियाशील सबै राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरूले बाजुराको समग्र विकासमा एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएको थिए ।

अबको २० वर्षमा बुढीगंगा नगरपालिका कस्तो बनाउने भन्ने मुख्य उद्देश्य रहेको सो कार्यक्रममा बाजुराको विकासमा यहाँका राजनीतिक दलहरूको साझा सहमति र बुझाई लगायतका विषयमा बहस तथा संवाद कार्यक्रम पनि भएको छ । हरेक निर्वाचनमा लफडा हुने झगडा हुने मान्छे मारिने निर्वाचन रोकिने जस्ता नकारात्मक विषयले मात्र चर्चा पाइराख्ने जिल्लालाई यो कचहरीले  राजनीतिक दलहरू राजनीतिक सहकार्य, दीर्घकालीन दृष्टिकोण, तथा विषयगत योजना निर्माणमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको नगर प्रमुख बानियाँले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बरराज जोशीका अनुसार विकास कचहरि पश्चात् घनीभूत छलफल सुझाव सल्लाहका आधारमा छलफलपछि साझा घोषणापत्र सार्वजनिक गरिने छ ।

maya metro hospital