वासिङ्टन –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान तत्कालै पूर्ण युद्धविरामका लागि तयार भएको दाबी गरेका छन् । शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले शुक्रबार राति अमेरिकाले गरेको छलफल भएपछि दुवै देश यसका लागि तयार भएको बताएका हुन् ।

‘अमेरिकाको समन्वयमा राति लामो समय भएको छलफलपछि, भारत र पाकिस्तान तत्कालै पूर्ण युद्धविराम गर्न सहमत भएको घोषणा गर्न पाउँदा म खुसी छु ।’

उनले ‘कमन सेन्स’ र उत्कृष्ट बुद्धिमत्ताका प्रयोग गरेको दुवै देशलाई बधाईसमेत दिएका छन् । भारत र पाकिस्तानले ट्रम्पको दाबीमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतका विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानी सेना प्रमुख जनरल असीम मुनीरसँग कुरा गरेका थिए । उनले दक्षिण एसियामा शान्ति स्थापना गर्न दुवै देशलाई तनाव कम गर्न र मिलेर काम गर्न अपील गरेका थिए।