बाजुरा – जिल्ला अस्पताल बाजुरामा कुपोषणका कारण २ महिने बालिकाको मृत्यु भएको छ ।

जगन्नाथ गाउँपालिका २ मल्लोहुनी बस्ने भावना बिष्टकी २ महिनाकी छोरीको कुपोषणका कारणले मृत्यु भएको जिल्ला अस्पताल बाजुराका डा. प्रकाश बुढाले बताएका छन् ।

मृतक बालिका कुपोषण सँगै अन्य रोगको संक्रमणमा रहेकी थिइन् । बचाउने प्रयास गर्दा पनि बालिकाको मृत्यु भएको डाक्टर बुढाले बताए ।
बाजुरामा पुड्कोपन ४८.८ प्रतिशत, ख्याउटेपन ८.६ प्रतिशत, कमतौल ३०.६ र ४८ प्रतिशत कुपोषणको समस्या रहेको छ ।
















