खाेज्नुहाेस

जम्मु काश्मिरमा फेरि गोलीबारी हुँदै

Image

भारत र पाकिस्तानबीच फेरि जम्मु काश्मिरमा गोलाबारी भएको खबर आएको बीबीसीले जनाएको छ । शुक्रबार राति नियन्त्रण रेखा (एलओसी) मा दुवैतर्फबाट गोली हानाहान भएको जनाएको छ ।

navjiwan hospital

श्रीनगरस्थित बीबीसी संवाददाताले कुपवाडाको करनाह र तंगधार, उरी र पुंछमा साँझ ७ बजेपछि गोलीबारी भएको बताएका छन् ।

attariya hospital

भारतीए समाचार एजेन्सी एएनआईका अनुरसार उरी सेक्टरमा गोली विस्फोटको आजाव सुनिएको छ । यसका साथै पठानकोटमा रहेको बीबीसी टीमले पनि विस्फोटको आवाज सुनेको छ ।

यसअघि भारतीय विदेश मंत्रालयका तर्फबाट शुक्रबार गरिएको प्रेस ब्रिफिंमा कर्णेल सोफिया क़ुरेशीले बिहीबार रातभर फरक फरक स्थानमा आक्रमण भएको जानकारी दिएकी थिइन् । तर पाकिस्तानले भने यस्तो कुनै आक्रमण नगरिएको बताएको थियो ।