बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिका–७ स्थित सुदाडी पातल समुदायिक वनमा घाँस काट्न गएकी महिलाको मृत्यु भएको छ । घाँस काट्न गएका बेला शुक्रबार बिहान गम्भीर घाइते अवस्थामा फेला परेकी स्थानीय ५५ वर्षीया काली जोशीको कोल्टी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई छाती र बायाँ पाखुरामा गहिरो चोट लागेको अवस्थामा स्थानीयले भेटाएका थिए । तर, के कारणले घाइते भएकी हुन भन्ने एकीन थाहा नभएको र प्रहरीको टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

अस्पतालले उनको छातीमा घाउका कारण अत्याधिक रक्तश्राव हुँदा मुत्यु भएको जनाएको छ । गहिरो घाउ भए पनि के कारणले घाँउ भएको भनेर एकीन नभएको जनाइएको छ । सुदाडी पातलमा बम पड्केको जस्तै ठूलो आवाज सुनिएको स्थानीयले बताएका छन् ।
















