खाेज्नुहाेस

कैलाली कञ्चनपुरबाट एकैदिन १४ लाखको अवैध सामान बरामद

Image
file photo

अत्तरिया – कैलाली र कञ्चनपुरका छुट्टाछुटै स्थानबाट एकैदिन १४ लाख बराबरको अवैध समान बरामद गरिएको छ । कैलालीबाट ६ लाख ६ लाख ८५ हजार ९१० र कञ्चनपुरबाट ७ लाख ५३ हजार ६२५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको हो ।

navjiwan hospital

बुधबार कैलालीको धनगढी उपमहानगरपालिका – ३ मिलनचोक, धनगढी उपमहानगरपालिका – ४ ओमशान्ती टोल, धनगढी उपमहानगरपालिका – ७ मनेहरा, टीकापुर नगरपालिका – ६ भर्तापुर स्थित सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको चिनी, सुर्ती, मिठाई, बिभिन्न किसिमका भाडा बर्तन, सुटपिस, प्लाष्टिक झिल्ली लगायतका सामानहरु बेसारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital

यस्तै बुधबार नै कञ्चनपुरका भीमदत्त नगरपालिका – ५ सुकासाल, भीमदत्त नगरपालिका – ११ गड्डाचौकी, बेलौरी नगरपालिका – २ टेडुवा र पुनर्वास नगरपालिका – ६ टाउनबाट तोरी, गहुँ, बोईलर कुखुरा, बिजुली, ईलेक्ट्रोनिक, हाडबेयर, मोटरसाइकल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा बरामद गरेको जनाइएको छ ।