खाेज्नुहाेस

अत्तरियाको सेभ हाउसमा रहेका बालबालिकालाई झोला वितरण

Image

अत्तरिया– कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा रहेका बालबालिकाहरुलाई झोला वितरण गरिएको छ । बुधबार हेमा श्री फाउण्डेशन नेपालकी आजिवन सदस्य रुपा कुँवर क्षेत्रीले सेभ हाउसमा रहेका २० जना बालबालिकाहरुलाई झोला वितरण गरेकी हुन ।

navjiwan hospital

कुँवरले आफ्नो जन्मदिनको अवसरमा बालबालिकाहरुलाई झोला वितरण गरेको हेमा श्री फाउण्डेशन नेपालका कार्यवाहक अध्यक्ष हेमन्तराज जोशी (बाजे) ले जानकारी दिए । आफू रोजगारीको सिलसिलामा बिदेशमा भएपनि जन्मदिनमा सेवामुखी भावनाका साथै बालबालिकाहरुको पढाई प्रती उत्प्रेरणा जगाउनका लागि कुँवरले सहयोग गरेको उनले बताए ।

attariya hospital

जन्मदिनमा पार्टी वा भोज भतेर गरि लाखौँ खर्च गर्नुभन्दा बिद्यार्थीहरु लाई पढाइ प्रती रुचि बढाउनु राम्रो कार्य भएको उनले बताए । कुँवरले फाउण्डेशनका कार्यवाहक अध्यक्ष जोशीमार्फत नै झोला सहयोग गरेकी थिईन ।