खाेज्नुहाेस

मालाखेतीका डिएसपी चन्द भन्छन् ‘प्रशासन व्यवसायीको तगारो नभईकन सहयात्री हो’

Image

अत्तरिया – इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डिएसपी) रण बहादुर चन्दले प्रहरी प्रशासन व्यवसायीको तगारो नभईकन सहयात्री भएको बताएका छन् । बुधवार गोदावरी होटल व्यवसायी संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै डिएसपी चन्दले प्रहरीले व्यवसायको सहयोगी भएर सुरक्षाको जिम्मेवारी लिने बताए ।

‘म कैलालीकै बासिन्दा पनि हो । मेरो व्यवसायीक जिम्मेवारी सँगै सामाजिक दायित्व पनि छ । मैले व्यवसायलाई कसरी सपोर्ट गर्नुपर्छ भन्ने कुरा मेरो पेसाले, मर्यादाले दिने कुराहरूमा सपोर्ट गर्नेछु’ उनले भने ‘कतिपय होटलहरु दर्ता नभएका, मापदण्ड नपुगेर खोलिएका होटलहरु छन् । त्यसको बारेमा हामीलाई सूचना दिनुस् हामी सम्बन्धन निकायसँग पनि सहकार्य गर्छौ । जससम्म शरीरको जुम्रा हटाइँदैन तबसम्म शरीर चिलाइरहन्छ । त्यसैले कन्याइरहनु भन्दा पनि जुम्रा नै हटाउनु उपयुक्त हुन्छ ।’

attariya hospital

उनले होटल भोक लागेको बेला रात भरी खोल्ने व्यवस्था मिलाउने बताए । ‘होटल १० बजे सम्म खोल्ने भनिएको छ । तर, होटल रातभर पनि खोल्न सकिन्छ । त्यसको लागि मापदण्ड विषयमा हामीले सोच्नुपर्ने हुन्छ’ उनले भने ‘१० बजेपछि खोल्ने कुरामा जिल्ला प्रशासन कार्यालय सँग पनि समन्वयन गर्नुपर्ला तर, मेरो तर्फबाट म १०, साढे १० मात्रै होइन भोक लागेको बेला रात भरी खोल्न पाउने व्यवस्था म मिलाउँछु ।’

उनले होटलमा आउने सबै होटलका लागि पाहुना भए पनि ती व्यक्तिको होटलले परिचय पत्र खुल्ने कागजात राखेर मात्रै कोठा दिनुपर्ने बताए । उनले होटलमा कामदार राख्दा पनि अभिलेख राख्न आग्रह गरे ।

navjiwan hospital

उनले अत्तरियामा विभिन्न ठाउँका मानिस आउने भएकाले शङ्कास्पद कुरा र व्यक्ति भेटिएमा खबर गर्न आग्रह गरे । ‘अत्तरिया सुदूरपश्चिमको मुटु नै हो । मुटुबाट जसरी शरीर भरी रक्तसञ्चार हुन्छ त्यसै गरी यहाँबाट पनि यातायात सञ्चार हुन्छ । सबै ठाउँको मान्छे यहाँ ठोकिन्छ । यहाँ आउँछ’ उनले भने ‘विभिन्न उद्देश्य लिएर मानिस यहाँ आएको हुन्छ । त्यसैले कोही त्यस्ता शङ्कास्पद कुराहरू, व्यक्तिहरू भेटेमा हामीलाई खबर गर्नुहोला ।’

maya metro hospital

उनले होटलमा लगानी लगाएर खोल्दा थोरै सुरक्षामा पनि लगानी लगाउन आग्रह गरे । त्यसका लागि आफ्नो पार्किङ, गेट देखिने गरी सीसीटिभि र बत्ती राख्न उनले आग्रह गरे ।

सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत चन्द बैशाख २२ गते सरुवा भएर इलाका प्रहरी कार्यालय मालाखेतीमा आएका थिए ।

Karma Consultancy