खाेज्नुहाेस

भारत विरुद्ध बदला लिने तयारीमा पाकिस्तानी, प्रधानमन्त्रीले दिए सेनालाई अधिकार

Image

एजेन्सी – भारतले गरेको सैन्य कारबाहीलाई पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले ‘युद्ध’ को संज्ञा दिएर बदला लिने बताएको छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको अध्यक्षतामा बसेको बैठकले भारतीय आक्रमणको जवाफ दिने अधिकार आफूसँग भएको निष्कर्ष निकाल्दै त्यसको जिम्मा सेनालाई दिने निर्णय गरेको छ।

navjiwan hospital

‘पाकिस्तानको सशस्त्र बललाई यस सम्बन्धमा आवश्यक कारबाहीको अधिकार विधिवत् रुपमा दिइएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा भारतको भर्त्सना गर्दै सेनाको प्रशंसा गरिएको छ। र, सिंगो मुलुक यतिबेला दृढ संकल्पित रहेको बताइएको छ।

attariya hospital

भारत प्रशासित कश्मीरमा पर्यटकहरूमाथि घातक आतङ्कवादी आक्रमण भएको दुई सातापश्चात् बिहिबार राती भारतले पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरमा शृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको थियो ।