अत्तरिया – कैलालीको गोदावरी, धनगढी र भजनी क्षेत्रबाट अवैध सामान बरामद गरिएको छ ।


मंगलबार धनगढी उपमहानगरपालिका – ३ मिलनचोक, गोदावरी नगरपालिका – ४ वनदेवी मन्दिर नजिक र भजनी नगरपालिका – ३ ढुसीबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका १ लाख ७९ हजार ९९० रुपैयाँ बराबरका सामान बरामद गरिएको हो ।

जसअन्तर्गत प्याज, खुर्सानी, बिडी, भाडा बर्तन, विभिन्न किसिमका कपडा, धाराका टुटी, पेन्ट, किराना लगायतका सामानहरू बेवारिसे अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।