खाेज्नुहाेस

मध्यरातमा पाकिस्तानमाथि भारतको आक्रमण

Image

काठमाडौं – भारतीय सेनाले मध्यरातमा पाकिस्तानी क्षेत्रमा आक्रमण गरेको छ ।

पाकिस्तानी इन्टर सर्भिस पब्लिक रिलेसन (आईएसपीए) का निर्देशक अहमेद सारिफ चौधरीलाई उद्धृत गर्दै डानले तीन जना पाकिस्तानी नागरिकको मृत्यु भइसकेको जनाएको छ । डानका अनुसार भारतको यो आक्रमणबाट हालसम्म १२ जना घाइते भएका छन् । तर भारतीय मिडियाले भने पाकिस्तानमा आक्रमण भएको बताए पनि मृत्युको सम्बन्धमा केही भनेका छैनन् ।

attariya hospital

भारतको यो आक्रमण सैन्य इलाकामा नभई अन्य वस्ती क्षेत्रमा भएको जनाइएको छ । यो आक्रमणसँगै पाकिस्तानले आफ्नो हवाई क्षेत्रसमेत बन्द गरेको छ ।

navjiwan hospital

भारतको कास्मिर पहलगाममा पयर्टनमाथि भएको आतंककारी आक्रमणको बदलमा भारतले पाकिस्तानमाथि जवाफी कारवाही गरेको हो । भारतले उक्त आक्रमणमा पाकिस्तान जिम्मेवार भएको आरोप लगाउँदै आएको छ । उक्त आतंककारी हमलामा एक नेपालीसहित कुल २६ जनाको निधन भएको थियो ।

सार्वभौमसत्ता उल्लङ्घन

पाकिस्तानको विदेश मन्त्रालयले भारतीय वायुसेनाले पाकिस्तानको सार्वभौमसत्ता उल्लङ्घन गरेको जनाएको छ ।

भारतले मंगलबार मध्यराति पाकिस्तानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेसँगै पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतको यो आक्रमणबाट महिला र बालबालिकाको निधन भएको जनाएको हो ।

पाकिस्तानी सञ्चारसंस्था डानका अनुसार भारतको यो आक्रमणबाट हालसम्म तीनजनाको निधन भइसकेको छ । यस्तै, १२ जना घाइते भएका छन् । यता, भारतले भने यसलाई आंतकवादी शिविरमा गरिएको कारवाही भएको जनाएको छ ।