धनगढी – कैलालीबाट प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले फरार रहेका धनगढी उपमहानगरपालिका–१८ का ५३ वर्षीय विरबहादुर देउवा र उपमहानगरपालिका–३ का ३९ वर्षीय रामबहादुर साउदलाई पक्राउ गरेको हो ।

विरबहादुर देउवालाई ८ लाख ९७ हजार रुपैयाँ जरिवाना र ३ महिनाको कैद सजाय तोकिएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूहले प्रहरी नायब निरीक्षक (सई) गजेन्द्र बहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अर्का फरार प्रतिवादी रामबहादुर साउदलाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले नियन्त्रणमा लिएको हो ।