खाेज्नुहाेस

अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्का पक्राउ

Image

अत्तरिया – कैलालीको अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्का पक्राउ परेका छन् । अत्तरिया उद्योग वाणिज्य संघका निवर्तमान सदस्य समेत रहेको खड्कालाई आइतबार इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका इन्स्पेक्टर दान सिंह भण्डारीले माथिको आदेश अनुसार पक्राउ गरिएको बताए ।

attariya hospital
navjiwan hospital

उनी सँगै  अन्य ३ जना व्यापारी पक्राउ परेका उनले बताए । ‘अहिले एकदम गोप्य छ भन्न मिल्दैन’ उनले भने ‘बिभिन्न ठाउँमा २/३ जना पक्राउ परेका हुन । अहिले के सम्बन्धी हो भनेर भन्न मिल्दैन ।’

प्रहरी श्रोतका अनुसार उनीहरूलाई आइतबार नै अदालतमा पेस गरेर ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । प्रहरी स्रोतका अनुसार उनी भारतबाट सुन चोरी गरी नेपाल भित्र्याउने तथा कारोबारमा संलग्न गिरोहसँगको सम्पर्कमा रहेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको हो ।

maya metro hospital