अत्तरिया – कैलाली कञ्चनपुरका छुट्छुटै स्थानबाट प्रहरीले ७ लाख बढीको अवैध सामान बरमद गरेको छ । शनिबार कैलालीबाट २ लाख ९८ हजार ५५० र कञ्चनपुरबाट ४ लाख १५ हजार बराबरको अवैध सामान बरामद गरिएको हो ।

धनगढी उपमहानगरपालिका – ३ मिलन चोक, धनगढी उपमहानगरपालिका – १० सिमलघाट, भजनी नगरपालिका – ५ टनिजा फार्म नजिक र जोशीपुर गाउँपालिका – १ पिपरकोटीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका बिडी, सुर्ती, पान मसला, सुटपिस, कुर्ती, टप्स, कारको एसीमा प्रयोग हुने सेल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारेको हो ।

यस्तै बेलौरी नगरपालिका – २ कटानबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका कुखुराका चल्ला र ६ थान साइकल इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी स्थानीय तथा जन–प्रतिनिधिहरूको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।