खाेज्नुहाेस

एसइइ आइडल –४ को सेमिफाइनलबाट ३० जना छानिए

Image

धनगढी – सुदूरपश्चिम प्रदेश स्तरीय गायन तथा नृत्य प्रतियोगिता एसइइ आइडल–४ सेमिफाइनल शनिबार धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको मुख्य प्रबद्र्धन र रेडिकल एकेडेमीको ब्यबस्थापनमा भएको सेमिफाइनलबाट ३० जना छनोट भएका छन ।

navjiwan hospital

साठी जना प्रतियोगीमध्ये तीस जना छनौट गरिएको कार्यक्रम संयोजक प्रकाश छेडालले बताए । उनले एसइइ आइडल–४ को आगामी असार १ गते ओम प्यालेस धनगढीमा फाइनल प्रतियोगिता हुने बताए । रेडिकल एकेडमीका निर्देशक प्रकाश छेडालले सुदूरपश्चिमका प्रतिभाहरूलाई राष्ट्रिय स्तरमा चिनाउन एसइइ आइडल महत्वपूर्ण साबित हुने बताए ।

attariya hospital

शनिबार आयोजना गरिएको समारोहको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति प्रा.डा. टीएन जोशीले उदघाटन गरेका थिए । सो अवसरमा बोल्दै उपकुलपति जोशीले लुकेका प्रतिभाहरूको खोजी र नयाँ पुस्तालाई गायन र नृत्यमा स्थापित गर्न कार्यक्रम आयोजना गरिएको बताउदै वर्तमान युवा पुस्तामा अथाह सम्भाबना रहेको बताए । उनले आगामी दिनमा कार्यक्रमलाई अझ बढी ब्यबस्थित र सबै जिल्लामा पहुँच पुर्याउन प्रतिष्ठानले आवश्यक सहयोग गर्नेसमेत बताए ।