धनगढी – कैलालीको चुरे गाउँपालिका–३ सल्लेरीमा बस सँगै ईभी गाडी (हाइस) ठोक्किँदा तीन जना घाइते भएका छन् ।
धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०२००१ ख १२५२ नम्बरको बस र डडेल्धुराको जोगबुढाबाट धनगढी आउँदै गरेको सुपप्र ०२००१ ज ५०७ नम्बरको ईभी भीमदत्त राजमार्ग अन्तर्गत सल्लेरीमा एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।


दुर्घटनामा ईभी चालक २६ वर्षीय कमल धामी, डडेल्धुराको पर्शुराम नगरपालिका–१२ बस्ने ९ वर्षीया प्रतिक्षा सिजामगर र कञ्चनपुर, कृष्णपुर नगरपालिका–१ बस्ने २० वर्षीया निर्मला भट्ट सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि धनगढी ल्याइएको छ ।
दुर्घटनामा बस र ईभी दुवैमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
