खाेज्नुहाेस

जिफन्ट सुदूरपश्चिमले मनायो अन्तरराष्ट्रिय श्रमिक दिवस

Image

अत्तरिया– नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सुदूरपश्चिमले अन्तरराष्ट्रिय श्रमिक दिवस मनाएको छ । बिहिबार एक औपचारीक कार्यक्रमको आयोजना गर्दै जिफन्टले १३७औ अन्तरराष्ट्रिय श्रमिक दिवस मनाएको हो । जिफन्ट राष्ट्रिय कमिटि सदस्य एवम् सुदूरपश्चिम प्रदेश अध्यक्ष जित बहादुर मल्लको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि जिफन्टका सहकारी प्रर्वद्धन कमिटिका केन्द्रिय संयोजक तथा नवजिवन सहकारी संस्थाका अध्यक्ष देव बहादुर बम रहेका थिए ।

कार्यक्रममा बोल्दै उनले श्रमिक दिवसका अवसरमा विगतदेखी नै विभिन्न कार्यक्रमहरु जिफन्तले गर्दै आएको बताए । उनले विगतका वर्षहरुमा रक्तदान, ¥याली लगायतका कार्यक्रमहरु धनगढीमा गरिदै आएकोमा यस वर्ष अत्तरियामा कृषि श्रमिकहरुको पनि कार्यक्रम रहेकाले श्रमिक दिवस यहाँ मनाईएको बताए । उनले मजदुरहरुका लागि सुदूरपश्चिमबाटै ऐक्यवद्धता कोष सुरु गरिएको बताए । श्रमिकहरुका लागि जिफन्टले विभिन्न कामहरु गरेको उनले बताए । ‘श्रमिकहरुका हकहितका लागि विभिन्न कार्यक्रमहरु ग-यौ, प्रशिक्षणहरु ग-यौ, दिपायलमा ५० जना छात्रछात्राहरुलाई निःशूल्क रुपमा पढाउने काम ग¥यौ’ उनले भने ‘जिफन्टले गरेका कामहरुको वर्णन ग¥यो भने धेरै लामो छ, जिफन्टका साथीहरु अहिले विभिन्न संघसंस्थाको प्रतिनिधित्व गरिरहेको देख्दा गर्व लाग्छ ।’
उनले नवजिवन सहकारीमा पनि श्रमिकहरु आवद्ध भएको बताए ।

attariya hospital

‘नवजिवन सहकारी देशको तेस्रो ठुलो सहकारीमा पर्छ’ उनले भने ‘मजदुरहरु यदी ४ हजार सदस्य नबनेको भए म त्यसको अध्यक्ष बन्ने थिएन, यदी म अध्यक्ष नबनेको भए शेयरसदस्यहरुका लागि आज हामीले निकालेका जन्म देखी मृत्यु सम्मका स्किमहरु आउने थिएनन् ।’ त्यतिमात्रै नभई उनले भुमिहिनहरुलाई लघुवित्तको कार्यक्रमबाट ८ करोडभन्दा बढी लगानी लगाएको समेत उनले बताए । उनले किसानहरुले उचित मुल्यमा खाद्यान्न पाउन भन्नका लागि सहकारीले चामल बजारमा ल्याएको पनि बताए । उनले श्रमिकहरु संगठित हुदै गए जिफन्टले आफूले गर्नुपर्ने कामकर्तव्यहरु पुरा गर्ने विश्वास लिएको समेत बताए । उनले आफू समितिमा नभएपनि श्रमिकहरुको हित चाहने र सहकारीका माध्यमबाट गर्न सकिने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

navjiwan hospital

कार्यक्रममा जिफन्ट सुदूरपश्चिमका अध्यक्ष मल्लले जिफन्ट श्रमिकहरुका हकहितका लागि गठन गरिएको बताए । उनले सबै श्रमिकहरुलाई संगठनमा आवद्ध हुन आग्रह गरे । उनले जिफन्टले श्रमिकहरुका लागि विभिन्न कामहरु गर्दै आएको बताए । कार्यक्रममा निड्स नेपालका सहकार्यकारी निर्देशक प्रकाशचन्द्र मडै लगायत विभिन्न श्रमिक संगठनमा आवद्ध व्यक्तित्वहरुको सहभागिता रहेको थियो । जिफन्टका सुदूरपश्चिम प्रदेश सहसचिव हिरा बिष्टको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन जिफन्टका प्रदेश सचिव चन्द्र प्रकाश गैरेले गरेका थिए ।

कार्यक्रममा एक जना मुटुरोगीलाई आर्थिक सहयोग पनि गरिएको थियो । जिफन्टले सञ्चालन गर्दै आएको ऐक्यवद्धता कोषमार्फत जिफन्टमा आवद्ध सदस्य युवराज चौधरीलाई २५ हजार रुपैया सहयोग गरिएको जिफन्टका प्रदेश अध्यक्ष मल्लले बताए । उनका अनुसार जिफन्टले हालसम्म सो कोषमार्फत २६६ सदस्यहरुलाई राहत प्रदान गरिसकेको छ ।

maya metro hospital

कृषि श्रमिक संघको नयाँ कार्यसमिति चयन

यसैबिच जिफन्टले कृषि श्रमिक संघ कैलालीको नयाँ कार्यसमिति चयन गरेको छ । जिफन्टले नेहा साउँदको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्ष अम्बिका सिँह, सचिवमा बिष्णु बुढा र सहसचिवमा रेखा रोकाया रहेका छन ।

Karma Consultancy

यस्तै सदस्यहरुमा दुर्गा थापा, लक्ष्मी बिष्ट, सुनिता कुँवर, विष्णु खड्का, हिक्मती खत्री, बसन्ती जोशी, दिपिका भट्टराई, तेज भण्डारी, करी साउँद, नन्दा टमटा, रिना महर, आशा सार्कि र संगीता कुँवर रहेका अध्यक्ष मल्लले बताए । बिहिबार श्रमिक दिवसकै अवसरमा आयोजित कार्यक्रममा नयाँ चयन गरिएको समितिको सपथ ग्रहण पनि गरिएको थियो ।