खाेज्नुहाेस

सेतीमा उपचाररत गोदावरीका मृगौला पीडित बिरामीले तेस्रो तलाबाट हाम फाले

Image

धनगढी – सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको गोदावरीका एक मृगौला पीडित बिरामीले छतबाट हाम फालेका छन् । प्रादेशिक अस्पतालमा डायलासिस गराउदै आएका गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मंगलबार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका हुन् ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले सोमबार मेडिकल वार्डमा भर्ना भएका सिंहले दिउँसो २ बजेपछि एक्कासी तेस्रो तलाबाट हाम फालेको बताए ।

attariya hospital
navjiwan hospital

गम्भीर चोट लागेका सिंहको अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । मृगौला पीडित सिंह प्रादेशिक अस्पतालमा डायलासिस गर्दै आएका थिए ।

सोमबार पनि डायलासिस गर्न आएका सिंहलाई चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए । सिंहकी श्रीमती ईश्वरीदेवी उनको कुरुवा बसेकी थिइन् ।

एकैपछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासी तेस्रो तलाबाट हाम फालेको देखिएको अस्पतालले जनाएको छ ।

maya metro hospital

Update : सेतीमा तेस्रो तलाबाट हाम फालेका बिरामीको मृत्यु