खाेज्नुहाेस

सुदूरपश्चिममा कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री थापालाई

Image

अत्तरिया– सुदूरपश्चिम प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री बहादुर सिँह थापालाई दिईएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह लगायतको टोली भारत भ्रमणमा निस्किएपछि थापालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिईएको हो ।

navjiwan hospital

थापालाई यही वैशाख २२ गतेसम्मका लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिईएको बताईएको छ । मुख्यमन्त्री कमल बहादुर शाह लगायतको टोली आज भारत भ्रमणका लागि निस्किएको छ ।

attariya hospital

टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा एकिकृत समाजवादीका प्रमुख सचेतक नरेशकुमार शाही, माओवादी केन्द्रका प्रदेश सभा सदस्य झपट साउँद लगायतका १० जना सहभागि रहेका छन ।