धनगढी– कैलालीको प्रमुख प्रहरी उपरिक्षक (एसपी) मा बाल नरसिँह राणा आउने भएका छन । कैलालीका एसपी पदमबहादुर बिष्टको काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएपछि उनको स्थानमा राणा आउने भएका हुन ।

प्रहरी प्रधान कार्यालयले करिब १३ महिना अगाडि कैलालीको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपी विष्टलाई काठमाण्डौ तानेर उनको स्थानमा राणालाई पठाएको हो । राणा हालै नेपाल प्रहरी प्रदेश कार्यालय, अपराध अनुसन्धान शाखा बनेपाबाट सरुवा भएर नयाँ पद ग्रहण गर्न आएका हुन् ।

एसपी विष्टको कार्यकालमा लागुऔषध अपराधमा ७८० भन्दा बढी दोषी पक्राउ परेका छन् । यस्तै विभिन्न मुद्दामा फरार करिब ६५० जनालाई न्यायिक प्रक्रियामा समावेश गरिएको छ । यस्तै ११ करोड ५ लाख रुपैयाँभन्दा बढीको अवैध समान बरामद गरिएको छ ।