खाेज्नुहाेस

गोदावरीमा राष्ट्रिय राजसोरठ्ठी गोत्यार सम्मेलन सम्पन्न

Image

अत्तरिया – तेस्रो राष्ट्रिय राजसोरठ्ठी गोत्यार थारू समाजको सम्मेलन गोदावरी नगरपालिका–८, फक्लपुरमा सम्पन्न भएको छ। ‘आफ्नो संस्कृति, भाषा, रीतिरिवाज संरक्षण गरौं’ भन्ने उद्देश्यसहित आयोजित सम्मेलनमा प्रमुख अतिथि पूर्वराज्यमन्त्री चुन कुमारी चौधरी थिइन्।

navjiwan hospital

कार्यक्रममा थारू समुदायका विभिन्न क्षेत्रका अगुवाहरुको उल्लेख्य उपस्थिति रहेको थियो। प्रमुख अतिथि चौधरीले थारू समुदायको मौलिकता र पहिचान जोगाउन सबैले एकजुट भई काम गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन, “थारू समाजको सांस्कृतिक धरोहरलाई संरक्षण गर्नु आजको मुख्य आवश्यकता हो।”

attariya hospital

कार्यक्रममा समाजका वरिष्ठ सदस्यहरुले थारू समुदायको इतिहास, भाषा र परम्पराका बारेमा सम्बोधन गरेका थिए। उनीहरुले आगामी दिनमा थारू समुदायको हकहितका लागि अझ सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता जनाएका थिए।