खाेज्नुहाेस

गोदावरी–३ का महादेव दमाइलाई बचाउन तरुण सभापति भट्टराईद्धारा अभियान सञ्चालन

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ३ का स्थानिय महादेव दमाइलाई बचाउन अभियान सञ्चालन गरिएको छ । सोही वडाका स्थानिय एवम् नेपाल तरुण दल गोदावरी नगरका सभापति रमेश भट्टराईले महादेव दमाइलाई बचाउनका लागि अभियान सञ्चालन गरेका हुन ।

उनले आफूले व्यक्तिगत रुपमा ५ हजार सहयोग गर्दै अभियान सुरुवात गरेका छन । ‘मुटुमा समस्या देखिएपछि उपचाररत उहाँको आर्थिक अवस्था एकदमै नाजुक छ’ उनले भने ‘मानिस भैसकेपछि मानिसलाई आवश्यक परेको बेला सक्दो सहयोग गर्नुपर्छ भन्ने मान्यता लिएर यो अभियानको थालनी गरेको छु, सबैले सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु ।’

attariya hospital

केही दिन अघि उनले गोदावरी नगरपालिका– १० का ४६ वर्षिय खेमराज जोशीलाई बचाउन अभियान सञ्चालन गरेका थिए । आर्थिक अवस्था नाजुक भएका जोशीलाई बचाउनका लागि सञ्चालन गरिएको अभियानबाट उठेको रकमले अहिले उनको भारतको सतारगञ्जमा भैरहेको भट्टराईले बताए ।

navjiwan hospital

जोशी जस्तै अहिले महादेव दमाईको पनि आर्थिक अवस्था नाजुक रहेको र उनको मुटुका धेरै जसो भल्वहरु रोकिएकाले उनको उपचारका लागि अभियान सञ्चालन गरिएको भट्टराईको भनाई छ । ‘अहिले उनको नेपालगञ्ज मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचार भैरहेको छ, परिवारसँग उपचारका लागि आर्थिक अभाव छ’ उनले भने ‘त्यस्तो व्यक्तिलाई हामी सबैको सानो सानो सहयोगले पनि बचाउन सकिन्छ की भनेर यसमा लागेको छु ।’

उनले महादेव दमाईलाई बचाउनका लागि सबैले आ–आफ्नो तर्फबाट सहयोग गरिदिन उनले आग्रह पनि गरेका छन ।

maya metro hospital

तल उल्लेखित स्क्यानमार्फत आर्थिक सहयोग गर्न सकिनेछ ।

Karma Consultancy