खाेज्नुहाेस

कैलालीमा हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ

Image
file photo

धनगढी – कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतबाट पक्राउ गरिएको छ ।

मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार जिल्ला सरकारी वकिलकाे कार्यालयबाट फरार भएकी ५० वर्षीय मिना शाही दमाईलाई भारतकाे पलियाबाट पक्राउ गरिएकाे हो ।

attariya hospital
navjiwan hospital

मानव बेचबिखन मुद्दामा पक्राउ परेकी दमाईलाई म्याद थपका सरकारी वकिलकाे कार्यालय लगेका बेला भागेकी थिइन् ।

हतकडीसहित थुनुवा भागेकाे घटनामा दुई जना प्रहरीलाई कारवाही गरिएको छ ।

दमाईलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लाेकराज जाेशीलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

maya metro hospital