अत्तरिया – लागु औषध (खैरो हिरोइन) कैलालीको गोदावरीका सागर चौधरी पक्राउ परेका छन ।

शनिबार धनगढी उप–महानगरपालिका – ३ शिशा पोष्टबाट लागू औषध सहित गोदावरी नगरपालिका – २ का २७ वर्षीय सागर चौधरी पक्राउ परेका हुन ।

उनको साथबाट १ ग्राम १४० मिलिग्राम लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।