अत्तरिया– हेमाश्री फाउन्डेसन नेपालले ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरुलाई छाता वितरण गरेको छ । फाउन्डेसनले आफ्नो स्थापना दिवसको अवसर पारी ५० जनालाई छाता वितरण गरेको हो ।
शनिबार एक औपचारीक कार्यक्रमका बिच ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरुलाई छाता वितरण गरिएको थियो । फाउन्डेसनका लागि कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) को सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिकाका उपप्रमुख भोज बहादुर बम रहेका थिए भने विशिष्ठ अतिथिमा गौरीगंगा नगरपालिका– ६ का वडाध्यक्ष टेक बहादुर कुँवर रहेका थिए ।


कार्यक्रममा बोल्दै नगर उपप्रमुख बमले फाउन्डेसनले दिनदुखीहरुको सारथीको रुपमा काम गर्दै आएको बताए । उनले फाउन्डेसनबाट सामाजिक कार्य हुनु सुखद कुरा भएको बताउदै आगामी दिनमा पनि फाउन्डेसन सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान दिने विस्वास व्यक्त गरे ।
फाउन्डेसनले पिडामा रहेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ । फाउन्डेसनले पढ्न नपाएका असहाय बालबालिका, उपचार नपाएका ब्यक्तीहरु, मृगौला पिडितहरु लाई सहयोग गर्दै आएको फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले जानकारी दिए ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । फाउन्डेसनका कोसाध्यक्ष लक्ष्मी बोगटी कुँवरले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन फाउन्डेसनका सचिव चक्रजित रावलले गरेका थिए ।
