धनगढी – कैलालीमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ।
टीकापुर नगरपालिका–१ का ४० वर्षीय विष्णु चौधरीको शनिवार रुखबाट खसेर मृत्यु भएको हो । लिप्टिसको हाङ्गा काट्ने क्रममा खसेर गम्भीर घाइते भएका चौधरीको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।