खाेज्नुहाेस

कैलालीमा ५ लाख बढीका अबैध भन्सार छलिका सामान बरामद

Image

अत्तरिया– कैलालीमा प्रहरीले ५ लाख बढीका अवैध भन्सार छलिका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानहरुबाट अन्दाजी ५ लाख ४७ हजार १० रुपैया बराबरका अवैध भन्सार छलिका सामानहरु प्रहरीले बरामद गरेको हो ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्लाको धनगढी उपमहानगरपालिका– ३ फिस रिसोर्ट नजिक र सिसा पोष्ट तथा वडा नं. ९ त्रिवेणीघाट, गोदावरी नगरपालिका– ४ हनुमानमन्दिर नजिक, भजनी नगरपालिका– ३ ढुसी र टीकापुर नगरपालिका– ९ खैरिपुर सडकखण्डबाट उक्त रकम बराबरका सामानहरु बरामद गरिएको थियो ।

attariya hospital

प्रहरीका अनुसार बरामद गरिएका सामानहरुमा सुर्ति, बिडी, काजु, केक, साडी, प्लाजु, धोती, मेक्सी, मोबाइलका ग्लास, ब्याट्री, चार्जर, नेटबर्किङ पिन, माछा, सिद्रा माछा, मोटरसाइकल थान–१ लगायत रहेका छन ।

यस्तै कञ्चनपुरबाट पनि प्रहरीले २० हजार बराबरका माछा बरामद गरेको छ । जिल्लाको बेलौरी नगरपालिका– ६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २० हजार बराबरका माछा बरामद गरिएको प्रहरीले जनाएको छ ।