खाेज्नुहाेस

कैलालीमा अनाधिकृत रुपमा एक निजी विद्यालय संचालन

Image

ईश्वर जैसी, घोडाघोडी – कैलालीमा अनाधिकृत रुपमा एक निजी विद्यालय संचालन भैइरहेको पाइएको छ । घोडाघोडी नगरपालिका-४, जनकपुरमा रहेको माता पार्वती विद्या मन्दिर विद्यालय कानुन विपरीत संचालनमा रहेको पाईएको हो । विद्यालयले यसै शैक्षीक सत्र देखि आफ्नो पठनपाठन सुरु गरेको भएपनि अहिले सम्म विद्यालय सञ्चालन गर्न पाउने विषयमा कुनै पनि कानुनी स्पष्टता खुल्ने कागजातहरु विद्यालय संग छैन ।

तर, विद्यालय सञ्चालकले भने राजनीतिक शक्ति र घोडाघोडी नगरपालिकाका केहि कर्मचारीको आडमा संचालकले विद्यालय सञ्चालन गरिरहेका हुन । जुन कुराले विद्यालयमा नयाँ भर्ना भएका एक सय भन्दा बढी विद्यार्थीको भविष्य समेत अन्योल देखिन्छ । तर, यस विषयमा घोडाघोडी नगरपालिकाको शिक्षा शाखा र जनप्रतिनिधिका कुरा बाँझीएका छन् ।

attariya hospital
navjiwan hospital

घोडाघोडी नगरपालिका विद्यालय निरिक्षक उमेश राज रेग्मीका अनुसार सो विद्यालय संचालनका लागि स्थानान्तरको विषयमा आइतबार बसेको कार्यपालिका बैठकले निर्णय गरिसकेको बताए पनि शिक्षा तथा खेलकुद शाखा प्रमुख खकेन्द्र बहादुर सिंहले भने सो विषयमा आउँदो नगरको कार्यपालिका बैठकमा सो विषय पेस गर्ने तयारीमा आफुहरु रहेको बताए ।

तर घोडाघोडी नगरका प्रवक्त धनश्याम ओझाका अनुसार विद्यालयको विषय केहि विवादीत रहेको सुन्नमा आएकोले सञ्चालकहरुले पहिले स्थानान्तरणका लागि वडाको सिफारिस लिएर आए मात्र कार्यपालिका बैठकमा छलफल हुन नभए सो विषयमा कुरै नगर्ने भन्ने भएकाले यो विषय आइतबारको कार्यपालिका बैठकमा छलफलनै नभएको बताए ।

त्यस्तै, केहि वर्ष पहिले डाइनामिक एकेडेमीका नामले कम्पनी रजिष्टारको कार्यालय दार्ता रहेको सो विद्यालय घोडाघोडी नगरपालिकाको वडा नम्बर १ को बेलारमा संचालनमा रहेको थियो । तर अहिलेका संचालक धर्मेन्द्र हमालले गएको वर्ष नै विद्यालयको स्वामित्व आफुले लिएको भन्दै स्थानान्तरण नै नगरी संचालन गर्न खोज्दा विवाद बढेपछि सो वर्ष विद्यालय नै बन्द भएको थियो । सञ्चालकले संस्थागत विद्यालय स्थानान्तरणको विषय कानुनी रुपमा “संस्थागत विद्यालय निर्देशिका २०५९” ले रोक्ने देखेपछि हाल उनले विद्यालयको नामनै परिवर्तन गरेर माता पार्वती राखेका छन् । तर यो समाचार तयार पर्दा सम्म पुरानै नामबाट उनले सञ्चालनमा ल्याउन खोजेको डाइनामिक एकेडेमीको स्वामित्व समेत उनका नाममा दर्ता समेत नभएको पाइएको छ । यस्तो अवस्थामा उनले कसरी विद्यालयको नाम नै परिवर्त गरेर सञ्चालन गर्न खोजेका होलान भन्ने विषयले झनै शंका उत्पन्न गराइदिएको छ ।

यस विषयमा भने विद्यालय सञ्चालक धर्मेन्द्र हमालले आफु कुनै कुरा नबोल्ने जे जे बुझ्न मन छ । घोडाघोडी नगरपालिकामा गएर बुझ्नु होला ? उनी भन्छन् “मैले केहि बोल्न मिल्दैन । जे बोल्छ नगरपालिकाले बोल्छ । जे कागजात चाहिन्छ उतै बुझाएको छु । त्यतैबाट लग्नु होला ।”