खाेज्नुहाेस

नातिनिको पुण्यतिथिमा सुप समावेशी स्कुललाई सहयोग

Image

अत्तरिया– कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभुत विद्यालयलाई सहयोग गरिएको छ । बिहिबार गोदावरी नगरपालिका– १ बनखेत निवासी रामबहादुर कुँवरले विद्यालयलाई खाद्यान्न, फलफुल तथा स्टेशनरी सहयोग गरेका हुन ।

navjiwan hospital

विद्यालयमा अध्ययनरत अपांगता भएका बालबालिकाहरुका लागि आफूले सो सहयोग गरेको कुँवरले बताए । उनले आफ्नी नातिनि ४ वर्षिया कायरा कुँवरको ५औँ दिनको पुण्यतिथिका अवसरमा विद्यालयलाई सहयोग गरेको बताए । ‘मेरो एउटै नातिनिलाई मैले अकस्मात गुमाउनुप¥यो’ उनले भने ‘उसैको सम्झनास्वरुप विद्यालयमा रहेका अपांगता भएका बालबालिकाहरुका लागि विभिन्न सामग्रीहरु सहयोग गरेको हुँ ।’

attariya hospital

अत्तरियाकै लोटस आई अंग्रेजी माध्यमिक विद्यालयमा कक्षा नर्सरीबाट भरखरै उत्तिर्ण भएकी कायराको यही वैशाख ६ गते अकस्मात निधन भएको थियो । अकस्मात विरामी भएकी उनलाई उपचारका क्रममा धनगढी पु¥याइएपनि अस्पतालमै उनको निधन भएको कुँवरले बताए । एउटै छोराको एउटै सन्तानको रुपमा जन्मिएकी कायराको अकस्मात निधन भएपछि परिवार अहिले शोकमा छ । कायराको सम्झनामा कुँवरले चामल, स्टेशनरी, फलफुल लगायतक करिब ६ हजार बराबरका सामग्रीहरु विद्यालयलाई सहयोग गरेका हुन ।