खाेज्नुहाेस

कंचनपुरको बेदकोट नगरपालिका-९ का वडाध्यक्ष बिष्टको मृत्यु

Image
navjiwan hospital

धनगढी- कंचनपुरको बेदकोट नगरपालिकाका एक वडाध्यक्षको मृत्यु भएको छ । नगरपालिकाको वड नम्बर ९ का वडाध्यक्ष जनक बहादुर बिष्टको मृत्यु भएको हो ।

बुधबार दिउँसो बेहाेस् अवस्थामा भेटिएका बिष्टकाे उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा साँझ निधन भएकाे पारिवारिक स्रोतले जनाएको छ ।

नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष बिष्ट वेदकाेट तालमा बेहाेस् अवस्थामा भेटिएका थिए ।

बेहाेस् भेटिनुअघि एक जना आफन्तलाई टेलिफोन सम्पर्क गर्दै आफू संसारबाट बिदा हुन लागेकाले छाेराछाेरीकाे ख्याल गरिदिन मृतक बिष्टले अनुराेध गरेको बताइएको छ ।

उनले विषादी सेवन गरेकाे हुनसक्ने अनुमान गरिएको छ । तर शव परिक्षणपछि धेरै कुरा खुल्ने विश्वास गरिएको छ ।