अत्तरिया– डोटीमा मिनिट्रक दुर्घटना हुँदा मृत्यु भएका सबैको सनाखत भएको छ । मृत्यु हुनेमा मिनिट्रक चालक बझाङको बुंगल नगरपालिका– दहबगरका अर्जुन धामी, उज्ज्वल जाग्री र जगत धामी रहेको प्रहरीले जनाएको छ ।

उनिहरुको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुडर, डोटीले जनाएको छ । बुधबार बिहान धनगढीबाट खाद्यान्न र खुद्रा सामान बोकेर बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ०००१ ख ३४२८ नम्बरको मिनी ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।

त्यसको जानकारी पाउनासाथ प्रहरी बरिष्ठ नायब निरीक्षक लोकेन्द्र सिंह पुजाराको कमाण्डमा १० जनाको टोली घटनास्थलमा पुगेर उद्धारमा खटिएको थियो ।