खाेज्नुहाेस

लालपुरको कल्प पाठशालाले छात्रवृत्तिका लागि आवेदन खोल्यो

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ६ लालपुरमा रहेको कल्प पाठशालाले छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । आर्थिक स्थिति नाजुक भएका, अपांग, असहाय तथा पढाईमा जेहेन्दार विद्यार्थीहरुका लागि विद्यालयले छात्रवृत्तिको आवेदन माग गरेको हो ।

navjiwan hospital

विद्यालयमा कक्षा १ देखी ८ सम्मका लागि प्रत्येक कक्षामा १/१ जना गरी ८ जनाका लागि छात्रवृत्ति आवेदन माग गरिएको विद्यालयका सञ्चालक समितिका अध्यक्ष गणेश जिमि साउँदले बताए । छात्रवृत्तिका लागि जुनसुकै स्थानबाट पनि विद्यार्थीहरुले आवेदन दिन सक्ने उनले बताए । छात्रवृत्तिमा छनौट भएका विद्यार्थीहरुलाई विद्यालयले निःशूल्क रुपमा अध्यापन गराउने समेत उनले बताए । ‘छात्रवृत्तिका लागि जुनसुकै स्थानबाट पनि विद्यार्थीहरुले निवेदन दिन सक्नेछन’ उनले भने ‘छात्रवृत्तिमा छनौट भएका विद्यार्थीहरुलाई विद्यालयमा निःशूल्क अध्यापन गराईनेछ, विद्यालयमा लाग्ने सम्पुर्ण खर्च विद्यालयले आफै बेहोर्नेछ ।’

attariya hospital

उनले विद्यार्थीहरुलाई विभिन्न सर्तहरुसहित आवेदन माग गरिएको बताए । उनका अनुसार छात्रवृत्तिको आवेदन सँगै विद्यार्थीहरुले सम्बन्धीत विद्यालयको सर्टिफिकेट, मार्कसिट, इएमआइएस कोड पनि बोकेर ल्याउनुपर्नेछ । त्यसका साथै अपांगता भएका विद्यार्थीहरुले सो सम्बन्धीको परिचयपत्र तथा परिचय पत्र नभएको खण्डमा सम्बन्धीत वडा कार्यालयको सिफारिस पत्र ल्याउनुपर्ने उनले बताए ।

आर्थिक अवस्था कमजोर भएका तथा गरिबीको रेखामुनि रहेका विद्यार्थीहरुले पनि सम्बन्धीत पालिकाको सिफारिस अनिवार्य रुपमा ल्याउनुपर्ने साउँदले बताए । विद्यालयले आवेदन दिने अन्तिम मिति यही वैशाख २० गतेसम्म तोकेको छ । त्यसपश्चात निवेदकहरुको लिखित तथा अन्र्तवार्ता गरिने उनले बताए ।