खाेज्नुहाेस

सुदूरपश्चिमका ३ जिल्लाबाट ढाई लाख बढीका भन्सार छलिका सामान बरामद

Image

अत्तरिया– सुदूरपश्चिमका ३ जिल्लाबाट प्रहरीले ढाई लाख भन्दा बढीका अवैध भन्सार छलिका सामान बरामद गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका कैलाली, कञ्चनपुर र बैतडीबाट आईतबार २ लाख ६५ हजार ३८५ अवैध भन्सार छलिका सामान बरामद गरिएको हो ।

कैलालीबाट अन्दाजी २ लाख ४५ हजार २००, कञ्चनपुरबाट अन्दाजी १० हजार १८५ र बैतडीबाट अन्दाजी १० हजार मुल्य बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कैलालीका विभिन्न स्थानबाट प्रहरीले अवैध भन्सार छलिका सामान बरामद गरेको हो ।

attariya hospital
navjiwan hospital

जिल्लाको धनगढी उपमहानगरपालिका– ३ सिसापोस्ट, टीकापुर नगरपालिका– ४ वाणीपुल र भजनी नगरपालिका– ९ पहलवानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याईएका सामानहरु बरामद गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बरादम गरिएका सामानहरुमा चिनि, चकलेट, पानीपुरी, सेरवानी सेट, टप्स, प्लाजु सेट, बच्चाको लेहेङ्गा, अण्डर ट्राउजर, दिपावली लाईट (झाल्लर लाईट), टेन्टको माथीको कपडा, प्लाष्टिक झोला, स्पाईट, छिद्रा माछा लगायत रहेका छन । उक्त सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले बेवारिसे अवस्थामा फेला पारेको बताईएको छ ।

यस्तै कञ्चनपुरबाट प्रहरीले १० हजार १८५ रुपैया बराबरका सामान बरामद गरेको छ । जिल्लाको बेलौरी नगरपालिका– ८ कलकत्ताबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका ऐना, चुरा, बिन्दी, टिका, क्रिम, काइयो, पफ्र्युम, गाजल, डिउ, मुमदाल, कुरकुरे, कैची, धोजा, अण्डा लगायतका सामानहरु बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी आईतबार नै प्रहरीले बैतडीबाट पनि अवैध रुपमा भन्सार छलिका सामान बरामद गरेको छ । जिल्लाको दशरथचन्द्र नगरपालिका– ६ जेबालीबाट अबैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएको अन्दाजी १० हजार रुपैया बराबरको चिनि प्रहरी चौकी सेरा बैतडीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

maya metro hospital