खाेज्नुहाेस

अत्तरियामा ४० करोडको मिल्क पाउडर प्लान्ट राख्न जग्गाको खोजी (भिडियो)

अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) सँगै मिल्क पाउडर प्लान्ट स्थापना गर्न जग्गाको खोजी सुरु गरिएको छ । सङ्घीय सरकारद्धारा प्रदेश मातहतमा निर्माण गर्ने गरी अघि सारीएको ४० करोडको मिल्क पाउडर प्लान्ट स्थापना गर्न अत्तरियामा जग्गा खोजी सुरु गरिएको हो ।
भिडियो

जग्गा खोजीका क्रममा मंगलबार सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिर बहादुर थापा नेतृत्वको टोलीले अत्तरिया क्षेत्रमा प्रस्ताव गरेका जग्गाको अवलोकन गरेको छ । टोलीले यसअघि नै डीडीसीलाई उपलब्ध गराउन प्रस्ताव गरिएको चाहना महिला सामुदायिक वनको जग्गा र दिव्य रोजिन एण्ड टर्पेन्टाईनको जग्गाको अवलोकन गरेको हो ।

attariya hospital

अवलोकनका क्रममा मन्त्री थापाले डीडीसी र मिल्क पाउडर प्लान्ट स्थापनाका लागि अत्तरिया उपयुक्त ठाउँ भएकाले बताए । उनले अत्तरियामै डीडीसी भएकाले डीडीसी सँगै मिल्क प्लान्ट राख्नका लागि जग्गा उपलब्ध गराउन नगरप्रमुखको अग्रसरतामा सबैले लाग्न आवश्यक रहेको बताए । उनले वनको भन्दा पनि दिव्य रोजिनको जग्गामा काम गर्न सहज र छिटो हुने भएकाले त्यसको लागि प्रक्रिया अगाडि बढाउने आग्रह गरे ।

navjiwan hospital

हाल सङ्घीय सरकारले चालु आर्थिक वर्षमा प्रदेश सरकार मार्फत मिल्क पाउडर प्लान्ट स्थापनाका लागि १२ करोड बजेट विनियोजन गरिसकेको छ । उक्त प्लान्ट डीडीसी सँगै राख्ने योजना प्रदेश सरकारको भए पनि आवश्यक जग्गाको टुङ्गो भने लागेको छैन ।

अत्तरियामा डीडीसी सँगै मिल्क पाउडर प्लान्ट स्थापना गर्न पर्याप्त जग्गा नभएको धनगढी सार्ने तयारी गरिएको थियो । यस क्षेत्रका स्थानीयले भने अत्तरियामा रहेको डीडीसीलाई अत्तरियामै जग्गा उपलब्ध गराएर मिल्क पाउडर प्लान्ट पनि यसै क्षेत्रमा स्थापना गर्नुपर्ने माग गर्दै आएका छन् । मंगलबार प्रस्तावित दुवै जग्गाको अवलोकन गर्न मन्त्री सहित अर्थ राज्य मन्त्री प्रकाश बम, प्रदेश सभा सदस्य तुलसी देवकोटा, खेमादेवी विष्ट, जानकी कुँवर पौडेल, गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट, जग्गा खोज्न बनेको कार्यदलका संयोजन गोपाल दत्त भट्ट, कार्यदलका सदस्य लोकराज पाण्डे (आगो), चाहना सामुदायिक वनका अध्यक्ष भीम बिक लगायतको सहभागिता रहेको थियो ।

maya metro hospital

नगरप्रमुख भट्टले डीडीसीका लागि हालको जग्गा पर्याप्त नभएकाले आवश्यक जग्गाको गोदावरी क्षेत्रमै व्यवस्था गर्न आफूहरू तयार रहेको बताए । उनले यहाँ जग्गा अभाव भएको भन्दै रातारात सार्ने कुरा भने सह्य नहुने बताए । ‘हामीले डीडीसी पनि यहाँ रोक्नुपर्छ । डीडीसी सँगै ४० करोडको मिल्क पाउडर प्लान्टको प्रोजेक्ट पनि यही स्थापना हुनुपर्छ भन्ने हाम्रो मान्यता हो’ उनले भने ‘हामीलाई वनले जति जग्गा चाहिन्छ दिन्छु भन्नु भएको छ । त्यो प्राप्त गर्नको लागि हामी प्रयत्न गर्ने छौ । सकेसम्म हामी डीडीसीलाई यहाँ रोक्ने प्रयत्न गर्ने छौ ।’
जग्गा खोज्न बनेको कार्यदलका सदस्य लोक राज पाण्डे (आगो) ले डीडीसीका आयोजना प्रमुखले स्थानीय सँग समन्वय नै नगरी सुटुक्क धनगढी उपमहानगरपालिका – १५ मा रहेको जडीबुटी प्रशोधन केन्द्रमा सार्ने तयारी गरेको भन्दै त्यसलाई जुनसुकै हालतमा पनि रोक्नुपर्ने बताए ।

Karma Consultancy

अत्तरियाबाट डीडीसी सार्ने तयारी गरिएपछि गत वर्ष पुस १६ गते गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टको संयोजकत्वमा जग्गा खोज्न कार्यदल गठन गरिएको थियो । उक्त समितिले चाहना सामुदायिक वन र दिव्य रोजिनको प्रयोगमा नरहेको करिब २ बिगाहा ८ कट्टा जग्गामा डीडीसी र मिल्क पाउडर प्लान्ट राख्ने प्रस्ताव गरेको छ । डीडीसी र मिल्क पाउडर प्लान्ट गोदावरीमा राख्न माग गर्दै चैत १८ गते कार्यदल र यस क्षेत्रका प्रदेश सभा सदस्यले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई पनि ज्ञापन पत्र बुझाएका थिए ।