डोटीमा पहिलोपटक अस्थायी पर्यटक प्रहरी पोष्ट स्थापना

डोटी – डोटीमा पहिलोपटक अस्थायी पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको छ । खप्तड र आसपासका पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकहरूको सुरक्षाको लागि डोटीको दिपायल सिलगढी नगरपालिकामा अस्थायी पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको हो ।

Karma Consultancy

प्रहरी सहायक निरीक्षक रमेश भट्टराईको कमान्डमा ७ जना प्रहरी राखेर पोष्ट स्थापना भएको छ । पर्यटकहरू माथि दुव्र्यवहार हुन नदिने, सुरक्षित अनुभूति गराएर बसाइँ लम्ब्याउने वातावरण बनाउने, आपराधिक क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिने र पर्यटकहरूलाई गाइड गर्ने उद्देश्यले दिपायल सिलगढी नगरपालिकाको पहल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा प्रहरी पोष्ट स्थापना गरिएको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाँजिसिंह खड्का (विजय) ले बताए ।

citizen security services

उनले खप्तड राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा भ्रमण गर्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरूको सुरक्षाका लागि पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.