धनगढी – वृत्ति विकासको माग राख्दै आन्दोलनमा उत्रिएका सुदूरपश्चिमका लेखा अधिकृतहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । प्रदेश सरकार माग सम्बोधनका लागि सकारात्मक देखिएको भन्दै उनीहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर काममा फर्किएको बताएका हुन् ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत बलदेव कापडीले प्रदेश सरकार माग सम्बोधन गर्न सकारात्मक देखिएपछि आन्दोलन फिर्ता लिएको बताए ।

लेखा अधिकृतहरु भुक्तानी रोक्कासंगै कर्मचारीदेखि मुख्यमन्त्रीसम्मको तलब रोक्का गर्दै आन्दोलनमा उत्रिएका थिए ।