खाेज्नुहाेस

सुदूरपश्चिमबाट सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको सङ्ख्या दयनीय

Image

अत्तरिया – सुदूरपश्चिमबाट योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको सङ्ख्या निकै दयनीय रहेको छ । देशभरबाट औपचारिक क्षेत्रमा ५ लाख ६८ हजार १८८ जना आबद्ध हुँदा सुदूरपश्चिमबाट भने २ हजार ८५९ मात्रै आबद्ध भएका छन् । जुन कुल सङ्ख्याको शून्य दशमलव ५ प्रतिशत मात्रै हो ।

देशभरमा बागमती प्रदेशबाट सबैभन्दा बढी ४ लाख ३२ हजार १६६ जना आबद्ध भएको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले बताए । उनका अनुसार गण्डकीमा २२ हजार ९५६, लुम्बिनीमा २० हजार २५२, मधेसमा २७ हजार ९४८, कोसीमा ५९ हजार ९५८ श्रमिक आबद्ध छन् । कर्णालीमा पनि सुदूरपश्चिम भन्दा कम २ हजार ४९ जना कोषमा आबद्ध छन् । २०६७ सालबाट सुरु गरिएको सामाजिक सुरक्षा कोषमा सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने आबद्ध छन् । हालसम्म कुल २० लाख ७९ हजार ४ जना सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा वैदेशिक रोजगारीमा गएकाको सङ्ख्या १५ लाख १० हजार ६३ रहेको छ । यस्तै अनौपचारिक क्षेत्रका ४४६ र स्वरोजगार ३०७ जना आबद्ध छन् ।

attariya hospital

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक अधिकारीले कार्यस्थल सुदूरपश्चिम भए पनि दर्ता काठमाण्डौं हुँदा पनि यता कम देखिएको हुन सक्ने बताए । यो अनुमान मात्रै हो कति यहाँका काठमाण्डौं दर्ता भएका छन् भन्ने यकिन विवरण नभएको उनले बताए ।

navjiwan hospital

उनले सामाजिक सुरक्षा ऐन र रोजगार श्रम ऐनमा औपचारिक क्षेत्रमा काम गर्नेले अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने प्रावधान रहेको बताए । उनले औपचारिक क्षेत्रमा काम गर्ने श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध नभएर रोजगारदाताले नै सबै दायित्व निर्वाह गर्नुपर्ने बताए । उनले औपचारिक क्षेत्रका एक जना रोजगारदाता र एक जना कामदार भए पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने प्रावधान रहेको बताए ।

नेपाल ट्रेड युनियन महासङ्घका सुदूरपश्चिम अध्यक्ष जित बहादुर मल्लले देशभरमा २० लाख बढी श्रमिक आबद्ध हुँदा सुदूरपश्चिममा अपेक्षित सहभागिता हुन नसकेको बताए । उनले सामाजिक सुरक्षा कार्यक्रम स्वास्थ्य बिमाको कार्यक्रमले गर्दा असफल भएको बताए । उनले वैदेशिक रोजगारीमा जानेलाई अनिवार्य गरिए जस्तै देशभित्र पनि अनिवार्य गरिनुपर्ने बताए ।

maya metro hospital

होटल व्यवसायी केशव पाण्डेले सरकारले सामाजिक सुरक्षा कोष भव्यताका साथ सुरु गरे पनि श्रमिकलाई जोड्न नसकेको बताए । उनले यसमा सरकारले कडा कदम चाल्नुपर्ने बताए । रोजगार सप्लायर्सको काम पनि गर्दै आएका उनले रोजगारदाताले समयमा पैसा नदिँदा सामाजिक सुरक्षा कोषमा मासिक रूपमा रकम जम्मा गर्न समस्या हुने गरेको बताए ।

व्यवसायी धर्मराज जोशीले सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिकको सँग बढाउन स्थानीय सरकारले विशेष भूमिका खेल्नुपर्ने बताए । ‘स्थानीय निकाय मार्फत श्रमिकलाई रोजगारदाता सँग जोड्ने व्यवस्था गर्नुपर्छ र, त्यही सामाजिक सुरक्षा कोषमा आबद्ध हुने प्रतिबद्धता गराउनु पर्छ’ उनले भने ‘यसका लागि स्थानीय सरकार सक्रिय भएमा यो प्रभावकारी हुन्छ ।’

Karma Consultancy