‘जय जय परशुराम’  भजन सार्वजनिक (भिडियो सहित)

Karma Consultancy
अत्तरिया – श्याम बोहरा (सन्जु) को ‘जय जय परशुराम’ बोलको भजन सार्वजनिक भएको छ । श्याम बोहरा युट्युब च्यानल मार्फत नयाँ भजन गीत ‘जय जय परशुराम’ सार्वजनिक गरिएको हाे । बोहराले आइतबार आफ्नो जन्म दिनको अवसरमा उक्त भजन सार्वजनिक गरेका हुन ।
citizen security services
attariya hospital
ईश्वर पन्त (आइपी) को शब्द रचना रहेको भजनमा   हिसिला भट्टराई (हिना) सँगै श्याम बोहराको स्वर रहेको छ ।  भजनको संगीत संयोजन, निर्देशन, क्यामेरा, भिडियो तथा अडियो सम्पादन किशोर कुमार भण्डारीले गरेका छन्। यसै गरी, गीतको कोरस आवाजमा दिपा भण्डारी, प्रकाश बिरही, र दीपेन्द्रको साथ रहेको छ।
गीतको म्युजिक भिडियोमा श्याम बोहरा, हिना भट्टराई, दिपा भण्डारी, सबिना धामी, मनीषा डाँगी  लगायतको अभिनय रहेको छ ।
जय जय परशुराम भजन भगवान् परशुरामप्रति समर्पित रहेको भजनका निर्माता बोहराले बताए । उनले धार्मिक भावनासँगै नेपाली भजन संगीतमा योगदान पुर्‍याउने उद्देश्यले भजन बनाइएको बताए । बोहरा अत्तरियामा रहेको रेडियो अत्तरियाका पूर्व समाचार संवाददाता हुन ।
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.