खाेज्नुहाेस

पूर्व वडाध्यक्ष बुढाथोकीको रसिया-युक्रेन युद्धमा मृत्यु

Image

रोल्पा – रोल्पाको सुनछहरी गाउँपालिका-५ जैमाकसलाका पूर्व वडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको रसिया र युक्रेनको लडाईँमा मृत्यु भएको छ। बुढाथोकीको मृत्युको खबरले परिवार शोकमा डुबेको छ।

navjiwan hospital

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। २०७९ को स्थानीय तह निर्वाचनमा पुनः वडाध्यक्षको उम्मेदवार थिए। पराजित बनेपछि उनी रसिया गएका थिए।

attariya hospital

पारिवारिक स्रोतका अनुसार २०८० असोजमा बुढाथोकी रसिया सेनामा सामेल भएका थिए। रसिया र युक्रेनको बेलाबेला भइरहने लडाइँले ज्यान जोखिम रहेको आफन्तसँग फोन र फेसबुक म्यासेन्जरबाट कुरा गर्ने गरेको बुझिएको छ।

परिवारले फागुन २४ गतेमात्र उनको मृत्युको थाहा पाएका थिए। केही हप्तादेखि सम्पर्कविहीन बनेपछि परिवार आत्तिएका थिए। उनको मृत्यु भएको यकिन मितिसमेत थाहा भएको छैन।