अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ३ मा रहेको चौकीडाँडा महिला सामुदायिक बन उपभोक्ता समुहले विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरेको छ । शनिबार ११५औ अन्तरराष्ट्रिय÷राष्ट्रिय महिला दिवसको अवसरमा सामुदायिक बनले विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरेको हो ।

महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न खेलहरु पनि खेलाईएको थियो । महिलाहरु नै सहभागि उक्त खेलहरुमा विजयी खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको थियो । कार्यक्रममा घैटो फुटाउने खेल, चम्चा दौड, स्याउ खाने खेल तथा अण्डा खाने खेल खेलाईएको सामुदायिक बनका अध्यक्ष पदम भट्टराईले जानकारी दिए ।

उनले सामुदायिक बनमा महिला उपभोक्ताहरु नै भएकाले उनिहरुको चाहना र माग बमोजिम महिला दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको बताए । औपचारीक कार्यक्रमको समापन पश्चात कार्यक्रममा सहभागि महिलाहरुले देउडा खेल सुरु गरेका थिए ।
सामुदायिक बनकी सचिव रिया धामीको सभापतित्वमा आयोजित कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया प्रमुख अतिथि रहेकी थिईन । कार्यक्रमको सञ्चालन सामुदायिक बन उपभोक्ता समुहका उपाध्यक्ष महेश बिष्टले गरेका थिए ।



















