खाेज्नुहाेस

टीकापुर साहित्य महोत्सव सुरु

Image

टीकापुर- टीकापुर साहित्य महोत्सव सुरु भएको छ । शनिवार देखि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले महोत्सवको दोश्रो संस्करणको सुभारम्भ गरे ।

navjiwan hospital

महोत्सवका संयोजक तथा अध्यक्ष मदन पुरस्कार विजेता साहित्यकार महेशविक्रम शाहले अहिले देशभर साहित्य महोत्सव भइरहेको र यसले देशभरि साहित्यको ग्ल्यामर बढाएको धारणा राखे।

attariya hospital

द्वन्द्वको विषम परिस्थिति भोगेको सहर भएकोले पनि टीकापुरमा साहित्य महोत्सवलाई निरन्तरता दिएको उनले बताए । साहित्य मार्फत सामाजिक सद्भाव नारा बोकेको महोत्सव उद्घाटनकै क्रममा चित्रमय टीकापुर महोत्सव २०७९ स्मारिकासमेत सार्वजनिक गरियो।