धनगढी – कैलालीको गौरीफन्टा नाका भएर ५ महिनाको अवधिमा २९ पर्यटक मात्रै नेपाल भित्रिएका छन ।

कोरोना महामारीका कारण बन्द रहेको यो नाका २०८१ असोज २४ देखि विदेशी पर्यटकका लागि खुला गरिएको थियो । सो यता २९ जना विदेशी पर्यटक भित्रिएको अध्यागमन कार्यालय मोहना धनगढीकी सूचना अधिकारी शान्ति बुडाले बताइन ।

सो अवधिमा ३३ पर्यटक बाहिरिएका छन । गौरीफन्टा नाका भएर अमेरिका, अस्ट्रेलिया, यूके, पोल्याण्ड, थाइल्यान्ड लगायतका देशका पर्यटक नेपाल भित्रिने गरेका छन् ।

















