खाेज्नुहाेस

सैन्य जहाज दुर्घटना हुँदा ४६ को मृत्यु

Image

काठमाडौँ- सुडानको खार्तुमको बाहिरी इलाकामा रहेको एक आवासीय क्षेत्रमा एउटा सैन्य विमान दुर्घटना हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ। खार्तुमको राज्य सञ्चालित समाचार संस्थाले बुधबार जानकारी दिएअनुसार घटनामा कम्तीमा १० जना घाइते भएका छन्।

navjiwan hospital

राजधानीको उत्तरपश्चिममा रहेको ओमदुरमानमा रहेको सेनाको सबैभन्दा ठूलो सैन्य केन्द्र वादी सेडना एयर बेस नजिकै मङ्‌गलबार राति एन्टोनोभ विमान दुर्घटनाग्रस्त भएको थियो। सन् २०२३ को अप्रिलदेखि अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) सँग युद्धरत रहेको सेनाल ‘उडान भर्नेक्रममा विमान दुर्घटना हुँदा सैनिक र सर्वसाधारण दुवैको मृत्यु भएको’ जानकारी दिएको छ।

attariya hospital

समाचार एजेन्सीका अनुसार प्रत्यक्षदर्शीहरूले ठूलो विस्फोटको आवाज सुनेको र थुप्रै घरहरू क्षतिग्रस्त भएको देखेको जानकारी दिएका छन्। समाचार एजेन्सी एएफपीलाई सैन्य स्रोतलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार प्राविधिक खराबीले दुर्घटना निम्त्याएको थियो।