खाेज्नुहाेस

शुक्लाफाँटा भ्रमण गर्ने पर्यटकलाई निःशुल्क नेचर गाइड

Image

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई नेचर गाइड निःशुल्क उपलब्ध गराइने भएको छ । भीमदत्त नगरपालिकाद्वारा आयोजित शुक्लाफाँटा पर्यटन महोत्सव अन्तर्गत फागुन १५ गतेसम्म यो सुविधा प्रदान गरिने छ ।

navjiwan hospital

नगर पर्यटन विकास समितिका संयोजक राजेन्द्र केसीका अनुसार पहिलो १०० वटा निजी तथा सफारी गाडीलाई पनि निःशुल्क प्रवेश दिने व्यवस्था गरिएको छ । महोत्सवले शुक्लाफाँटाको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

attariya hospital

शुक्लाफाँटा दुर्लभ वन्यजन्तु र जैविक विविधताका लागि प्रसिद्ध छ, जहाँ पाटेबाघ, एकसिङ्गे गैँडा, बाह्रसिङ्गा, चितुवा, नीलगाई, सारस लगायतका जीव पाइन्छन् । पर्यटक वृद्धि गर्न प्रचारप्रसारमा थप ध्यान दिनुपर्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।