१. सुदूरपश्चिम मध्यपश्चिम –संस्कृतिको खानी ।
सभ्यता मान्यता एकै – एकै छ निशानी ।।
२.सुदूरपश्चिम सुन्दरपश्चिम – नौ जिल्लाको घर ।
भेरी, कर्णालीका जिल्ला – यैका सहचर ।।

३.सुदूरको लोक साहित्य – ड्यौया–ठाडीभाका ।
ड्यौडा भाका गुन्जियाका – सुदूर वन–पाखा ।।
४.लोकसाहित्य–लोकसंस्कृति – पश्चिमेली शान ।
ड्यौडा गीत ठाडी गीत – महिना महान ।
५.संस्कृति सभ्यता कला – जोगाउनु छ सबै ।
युवापुस्ता यो संस्कृति – जन् बिस¥या कबै ।।

६. पुख्र्यौलीको कला–गला – बचाउँ सम्मानले ।
कैल्यै पनि हार खायैन – पश्चिमी शानले ।।
७.नक्सामा सुदूर भयो – सौन्दर्यमा नामी ।
भाषा, कला संस्कृतिमा – योछ अग्रगामी ।।

८. साहित्य सर्जक तथा – गायक् कलाकार ।
गीत–सङ्गीतकी माला – प्रतिभाका हार ।।

९.शिवजीको तपस्थली – कैलाशको बास ।
भाषाको माउथलो मेरो – सुदूरपश्चिम खास ।।
१०.नौ जिल्लाको सेती–काली – सुदूरप्रदेश ।
सभ्यता संस्कृृति एकै – एकै भाषा भेष ।।
११. धरती मानसखण्ड – काली–कर्णालीको ।
सेती–काली बगदाछन् – छायाँ हिमालको ।।
१२.उत्तरका हिम्श्रृङ्खला – दक्षिण तराइँ फाँट ।
सेती–काली–कर्णालीको – महिमा विराट ।।
१३. संस्कृति कलाको खानी – सम्पदाको खानी ।
साहित्य भाषाको खानी – सभ्यताको खानी ।।
१४. सूर्यको दिनान्त हुन्या – यैँ छ अस्ताचल ।।
सेती–काली–कर्णालीको – कला छ उज्ज्वल ।।
१५.हुड्केली–छलिया–ड्यौडा – चौलो–भुवा–नाँच ।
मागल–चाँचरी–चैत – अन्त ठौर काँछ ।।
१६. यैं छन् गौःरा यैछन् ड्यौडा – हुड्केली छलिया ।
सुदूरपश्चिम मेरो –संस्कृति बलिया ।।
१७. सुन्दर सुदूरपश्चिम – प्रतिभाको खानी ।
राज्यबाटी हेपियाको – महिमा नजानी ।।