खाेज्नुहाेस

नेतृत्वविहीन गेटा अस्पताल : निर्देशक भन्छन् बोल्न मिल्दैन, मन्त्रालय भन्छ थाहा छैन

Image

अत्तरिया – उसै सञ्चालनमा ढिलासुस्ती भएको गेटा अस्पताल एक महिना देखि नेतृत्वविहीन बनेको छ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरगत रहने गरी सञ्चालन गरिएका गेटा अस्पताल अहिले नेतृत्वविहीन बनेको हो । निमित्तको भरमा चलिरहेको अस्पतालका विषयमा स्वास्थ्य मन्त्रालयले जनविज्ञता प्रकट गरेको छ भने एक महिना देखि अस्पतालमा नआएका निर्देशक डा. अशोक श्रीपाईली बोल्न नमिल्ने भन्दै पन्छिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ महिना अघि मात्रै ११ औँ तहका चिकित्सक डा. श्रीपाईलीलाई गेटा अस्पतालको निर्देशकमा नियुक्त गरेको थियो । तर, अहिले उनी अस्पतालमै कार्यरत वरिष्ठ रेडियोलोजिष्ट डा. होमप्रसाद पन्तलाई निमित्त निर्देशकको जिम्मेवारी दिएर काठमाण्डौंमा बसेका छन् ।

attariya hospital

एक महिना देखि अस्पतालमा नआएका उनले तालिमका लागि काठमाण्डौंमा रहेको बताए । राजीनामा दिएर जानु भएको हो भन्ने प्रश्नमा भने उनले बोल्न नमिल्ने बताए । उनले भने ‘यो विषयमा मन्त्रालयमा बुझ्नुहोला । यस विषयमा मैले बोल्न मिल्दैन ।’ डा. श्रीपाइलीले राजीनामा दिएर गएको यसअघि नै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए ।

navjiwan hospital

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने यस विषयमा कुनै जानकारी नभएको बताए । ‘हामीले मिडियाबाट मात्रै थाहा पायौ’ उनले भने ‘वहाँले (डा. श्रीपाइली) सरकारी जागिर नै छोड्ने हो भने राजीनामा हो । सरकारी कर्मचारीले कुनै पदबाट मात्रै राजीनामा दिन मिल्दैन ।’

उनले सरकारी कर्मचारीले मैले निर्देशक पदबाट राजीनामा दिए भन्न नपाउने बताए । ‘सरकारले दिएको जिम्मेवारी काम म गर्दैन भन्न मिल्दैन । सरकारी सेवामा जिम्मेवारीबाट राजीनामा दिए भन्न मिल्दैन । त्यो राजनीतिक नियुक्ति भएमा मात्रै राजीनामा दिन मिल्छ’ उनले भने ‘त्यो राजीनामा कहाँ दिनु भएको हो । त्यो पनि स्वीकृति नभए सम्म वहाँ नै हो निर्देशक ।’

maya metro hospital

उनले निर्देशकमा बस्न नचाहेको कुरा सुन्नमा आए पनि अन्य जानकारी नभएको बताए । उनले अहिले मिडियामा आएकै भरमा वहाँको के चाहना हो भनेर सोध्न नमिल्ने बताए । ‘वहाँ फरमर्लि रूपमा आउनु प-यो । मन्त्री, सचिव ज्युलाई भन्नुप¥यो’ उनले भने ‘बाहिरबाट इन्फमर्लि मात्रै कुरा आएको हुनले मन्त्रालयले दोस्रो पठाउने कुरा गरेको छैन । वहाँ नभए पनि अहिले निमित्तले काम गरिरहनु भएको होला ।’

निमित्त प्रमुख डा. होमप्रसाद पन्तले भने आफू सिनियर भएकोले निमित्त भए पनि आफूलाई यस विषयमा जानकारी नभएको बताए । उनले डा. श्रीपाइली प्रशासनमा के भनेर जानु भयो भन्ने बारेमा आफूलाई जानकारी नभएको बताए ।
गेटामा हाल आइसियु, भेन्टिलेटर, एनआईसीयु, ओटी सेवा विस्तार भइरहेका छन् । त्यसका लागि नयाँ उपकरण जडान खरिदको काम चलिरहेको छ । सोही खरिद प्रक्रिया चलिरहेकै बेला डा. श्रीपाईली अस्पतालमा नआउनुलाई धेरैले आशङ्काको दृष्टिले पनि हेरेका छन् । गेटामा २०८० कार्तिक १ गतेदेखि अस्पताल सञ्चालनमा आएको थियो ।

Karma Consultancy

यता सुविधा सम्पन्न अस्पताल सञ्चालनमा बाधा व्यवधान आइरहँदा सरकारले घोषणा गरेको विश्वविद्यालय सञ्चालनको प्रक्रिया पनि अलमल मै रहेको छ । विश्वविद्यालयको विधेयक नबन्दा २ वर्ष अघि नै निर्माण भएका विश्वविद्यालयका भवन पनि सञ्चालनमा आउन सकेका छैनन् । अहिले विधेयक प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अड्किएको छ ।