कैलालीको गोदावरी नगरपालिका – २ कालिका नगरमा अवस्थित माता कालिका मन्दिर हिन्दु धर्मावलम्बिहरुको आस्थाको केन्द्र हो । २०७२ स्थापना गरिएको यो मन्दिरकै नाममा हाल टोलको नाम पनि नामकरण गरिएको छ । उत्तर वन खेत नामले चिनिने यो क्षेत्र सशस्त्र प्रहरीको तालिम केन्द्र र अत्तरिया उद्योग वाणिज्य संघको बिचमा रहेको छ । जंगलको बिचमा रमणीय क्षेत्रमा रहेको यस मन्दिरको प्रचार प्रसार गर्न सके यहाँ धार्मिक पर्यटन पनि भित्र्याउन सकिने स्थानीय इश्वरा आचार्यले बताइन ।

तस्बिरहरू

