खाेज्नुहाेस

कुम्भ मेलाबाट फर्किँदै गर्दा तीन नेपालीको मृत्यु

Image

रुपन्देही – रुपन्देहीको देवदहबाट भारतको कुम्भ मेला स्नान गर्न गएका तीर्थालु सवार गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । भारत, उत्तर प्रदेशको आजमगढ–वाराणसी रोडमा गाडी डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । मृत्यु हुनेमा देवदह–९ का गणेश खनाल, उनकी श्रीमती दीपा खनाल, र गीता शर्मा रहेका छन् ।

navjiwan hospital

दुर्घटनामा सवारी चालकसहित पाँच जना घाइते भएका छन्, जसमा कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर, र भारतीय चालक रितेश दुबे छन् । उनीहरूलाई प्रारम्भिक उपचारपछि गोरखपुर पठाइएको छ ।

attariya hospital

युपी ५३ एफडी ४२८८ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना भएको हो, र प्रारम्भिक अनुसन्धानअनुसार चालक निदाएको आशंका गरिएको छ । कुम्भ मेला स्नानका लागि गएका ३५ तीर्थालुमध्ये यो गाडी दुर्घटनामा परेको हो ।