अत्तरिया– देउडा प्रतिष्ठानको केन्द्रीय समितिले ९ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । शनिबार प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सुरत रावत डोटेली कान्छाको अध्यक्षतामा बसेको बैठकले ९ सदस्यीय सल्लाहकार समिति चयन गरेको हो ।

जसमा प्रा.डा. बद्री शर्मा बिनाडी, प्रा.डा. हरिशचन्द्र भट्ट, बरिष्ठ देउडा गायक एवम् प्रतिष्ठानका पुर्व अध्यक्ष नरेन्द्र रेग्मी, संस्कृतिविद् गीतकार एवम् अध्येता हेमन्त विवश, वरिष्ठ देउडा गायक प्राज्ञ यज्ञराज उपाध्याय, वरिष्ठ देउडा गायक भोजराज भट्ट, वरिष्ठ गीतकार राजेन्द्र शाह (वीपी), अधिवक्ता प्रेम चन्द, वरिष्ठ देउडा गायीका डिक्रादेवी बादी रहेका छन ।

त्यस्तै बैठकले देउडा प्रतिष्ठानको केन्द्रिय समितिमा प्रकाश बहादुर साउँद, ध्वज बहादुर महरा, सौगात ओझा, सरिता साउँद र गोबिन्द बिष्टलाई मनोनित गरिएको प्रतिष्ठानका महासचिव तोयनाथ भट्टले बताए ।
उनका अनुसार बैठकबाट देउडा प्रतिष्ठानका २ जना सदस्यलाई विभागमा विभागीय प्रमुखको जिम्मेवारी तोकिएको छ । जसमा बैंक बित्तिय तथा संस्था समन्वय विभागमा युवराज जोशी र श्रब्य दृश्य तथा निर्माण समितिको प्रमुखमा बिनोद बोहरा (बोगटानी किङ) लाई चयन गरिएको उनले बताए ।


















